काठमाडौ । आइतबार(आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज शुक्रबार भएकै कारोबारमा सुनचाँदी किनबेच हुँदैछ ।
सुन शुक्रबार प्रतितोला ८०० रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।