घट्यो सुनको भाउ

न्युजलय १५ बैशाख २०७९, बिहिबार ११:३९ मा प्रकाशित

काठमाडौं । सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । बिहिबार(आज) एकै दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको तोलाको तोलाको ९८ हजार रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा हजार रुपैयाँले नै घटेर ९७ हजार ५०० कायम भएको छ ।

यसदिन चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ गिरावट आएर तोलाको १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।