इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको लागि गरिएको निर्वाचनको मतगणना सकिएको छ । अन्तीम मत परिणाममा राजनीतिक दलको गठबन्धनमा आबद्ध बहुमत उम्मेदवारहरुले जितेका छन् ।
जित्ने उम्मेदवारहरुमा विकास केसी, रेवतीप्रसाद घिमिरे, युगप्रिय निरौला, शिवराज दाहाल, शेखर लुईँटेल, ईश्वर भट्टराई, विकल रेग्मी, तीर्थराज पराजुली, दिनेशकुमार भट्टराई, अम्बिकादेवी श्रेष्ठ, उर्मिलादेवी कट्वाल छन् । यस्तै राजकुमार कार्की र गंगाप्रसाद भट्टराई समेत विजयी भएका छन् ।
५९१ मत सदर भएको थियो । लुईटेलले सबैभन्दा बढी ४०८ मत पाएका छन् भने रेवतीप्रसाद घिमिरेले १३ औं स्थानमा २७१ मत ल्याएका छन् ।