काठमाडौं । फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राई, मिरुना मगर र रोयदीपको शीर्ष भूमिका रहेको फिल्म लिम्बू समुदायमा रहेको जारीप्रथाको कथामा आधारित छ ।
फिल्ममा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा निर्माता रामबाबु गुरुङ हुन् ।
फिल्ममा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय छ ।