इटहरी । गत मंगलबार इटहरी १७ बालग्राम चोकमा भएको दुर्घटनाको मुख्य कारण मोटरसाइकलको तीव्र गती भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
बिहान पुर्ब पश्चिम लोकमार्गमा कार र मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटनामा परेको थियो । घटनामा दुई जना गम्भीर घाइते भएका थिए भने थप दुई जना सामान्य घाइते भएका थिए ।
दुर्घटनाबाट कारमा समेत क्षती पुगेको थियो । दुर्घटनासँगै पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च ९१०५ नं. को कारमा ३–००५ प ४६७७ नं. को मोटरसाइकल ठोक्किएर सोहि दिशाबाट आउँदै गरेको प्र १–०२–०४५ प ५०५६ नं. को मोटरसाइकलमा समेत ठोक्किएको थियो ।
दुर्घटनामा ठोक्किने पहिलो मोटरसाइकलका चालक सुनसरी भोक्राहा १ का २८ वर्षिय लिलम लिम्बु र पछाडी बस्ने २६ वर्षका लक्ष्य लिम्बु गम्भीर घाइते भएका थिए भने अर्को मोटरसाइकलका चालक इटहरी ४ बस्ने ४८ वर्षिय चेतनाथ भट्टराई र पछाडी बस्ने ४८ वर्षिय कृष्ण ढकाल सामान्य घाइते भएका थिए ।