काठमाडौं । मंगलबार(आज) सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा १ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै मंगलबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ४ सय तोकिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १८ हजार ८५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।