काठमाडौँ । आइतबार (आज) सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १७ हजार २५० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य १४ सय ५५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम थियो । यो १५ रुपैयाँको गिरावट हो ।