सुनको मूल्य बढ्यो

न्युजलय २६ फाल्गुण २०८२, मङ्गलबार ११:३१ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य मूल्य ३८ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ३८ सयले बढेर प्रतितोला तीन लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

अघिल्लो दिन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढेर पाँच हजार ७२० रुपैयाँ तोकिएको छ ।