नेप्सेमा १२.५० अंकको गिरावट

न्युजलय २९ मङ्सिर २०८२, आइतबार ०९:०९ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेर २५९४.८७ बिन्दुमा सीमित भएको छ ।

आइतबार नेप्सेमा कुल ४ अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । 

आइतबार कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।