काठमाडौँ । बुधबार(आज) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य समेत ह्वात्तैघटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम छ ।