एक लाख ३६ हजार बढीको अवैध सामानहरु बरामद

न्युजलय २ कार्तिक २०८०, बिहिबार १०:५९ मा प्रकाशित

बिराटनगर  ।  झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । 


कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा अन्तरगत परिचालन भएको प्रहरी गस्ती टोलीले मेचिनगर–६ स्थितबाट करिव ३० हजार रुपैया मुल्य बराबरको ३० जोर पान्डा सुज बरामद गरेको हो भने मोरङको बिराटनगर महानरपालिका–१३ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा करिव १ लाख ६ हजार मुल्य बराबरको हुक्काको कोईला ८९ प्याकेट र हुक्कामा लगाउने फ्लेबर १३ प्याकेट बरामद गरेको हो । 

बरामद भएका अवैध सामानहरु आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।