तालतलैया विकास तथा संरक्षण समितिमा अध्यक्ष खनालको प्यानल नै विजयी

न्युजलय १० पुस २०७८, शनिवार ०७:५७ मा प्रकाशित

इटहरी । इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको अध्यक्षमा लक्ष्मीप्रसाद खनाल विजयी भएका छन् । तालतलैयामा सम्पन्न ९ औँ साधारण सभामा भएको निर्वाचनबाट खनाल अध्यक्षमा विजयी भएका हुन् । खनालले निकटतम प्रतिद्वन्द्वी राजु बस्नेतलाई २ मतको अन्तरले पराजित गर्दै वियज प्राप्त गरेका हुन् ।


यस्तै, उपध्यक्षमा कमलकुमार राई, महासचिवमा कुमार सुन्दास, कोषाध्यक्षमा निरकुमार श्रेष्ठ र सचिवमा कृष्णप्रसाद दङ्गाल निर्वाचित भएका छन् ।


साथै खुल्ला सदस्य पदमा खेमराज पोखरेल, बालकुमार राई, निरन्जन गिरी, देवराज मादेन, विनोदकुमार कार्की, काखीबहादुर लिम्बू र चन्द्रबहादुर कटुवाल वियजी भएका छन् । महिला सदस्यमा मुना गुरागाई तामाङ, गीता सुवेदी, धनमाया तामाङ पाण्डे, गोमामाया तामाङ र अनिलकुमारी तामाङ वियजी भएका छन् । लेखा संयोजकमा युग प्रिया निरौला साथै लेखा सदस्यमा होमनाथ नेपाल र मदनप्रसाद शर्मा वियजी भएका छन् । कार्यसमितिमा अध्यक्षका उमेद्वार खनालको प्यानल नै विजयी भएको हो ।