बीपी प्रतिष्ठान धरानले कोभिड अस्पताललाई बनायो डेंगी अस्पताल

न्युजलय ८ साउन २०८०, सोमबार १०:३९ मा प्रकाशित

धरान ।  बीपी प्रतिष्ठान धरानले आइतबारदेखि डेंगीका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । 

प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेंगी क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेंगी श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले जानकारी दिए । 

सय श्यया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेंगी अस्पतालको रुपमा परिवर्तन गरेको उनले बताए । पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० श्ययाको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत श्यया डेंगीका बिरामीले भरिएपछि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याएको बताइएको छ ।

केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेंगी संक्रमित आउने गरेका छन् ।