तरहरामा गुडिरहेको बस दुर्घटना

न्युजलय २३ साउन २०८०, मङ्गलबार १२:५६ मा प्रकाशित

इटहरी ।  इटहरी–२० तरहरामा बस दुर्घटना भएको छ ।

धरानबाट काकडभिट्टा जाँदै गरेको मे १ ख २७४० नम्बरको (ग्यालेक्सी यातायात) बस आज बिहान तरहराको होम्स नजिकै डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।

ट्राफिक प्रहरी पोस्ट तरहराका अनुसार दुर्घटनामा १३ जनाभन्दा बढी घाइते भएका छन् । जसमा दुईजना गम्भीर घाइते भएको जानकारी दिइएको छ ।

घाइतेहरूलाई उपचारकालागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

बस तीव्र गतिमा रहेको र पानी परेका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यद्यपि, घटनाबारे थप अनुसन्धान र फरार चालक तथा सहचालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।