बंगलादेशमा पनि देखियो ओमिक्रोन संक्रमण

न्युजलय २६ मङ्सिर २०७८, आइतबार ०६:५२ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । शनिबार दुई जना महिला खेलाडीमा ओमिक्रोन पुष्टि भएको त्यहाँका स्वास्थ्यमन्त्री जहिद मालेक्युले जानकारी दिए ।


संक्रमितहरु बंगलादेशको क्रिकेट खेलाडीहरूको समूहका सदस्य हुन् । उनीहरु विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएका थिए ।   


सरकारी अधिकारीका अनुसार जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएका दुई खेलाडीमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई ढाकास्थित होटल आइसोलेसनमा राखेर उच्च सतर्कताका साथ उपचार भइरहेको एएनआईले जनाएको छ ।