सुनचाँदीको मूल्य बढ्यो

न्युजलय १५ चैत २०८२, आइतबार ०५:२६ मा प्रकाशित

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ।