सुनको मूल्य बढ्यो

न्युजलय २६ मङ्सिर २०८२, बिहिबार ११:१० मा प्रकाशित

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । 

यस्तै, आज चाँदी पनि तोलामा ५५ रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । बुधबार प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ३ हजार ८ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।