काठमाडौं । बिहिबार(आज) पनि सुनको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ ।