जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

न्युजलय २५ जेठ २०८०, बिहिबार १२:२१ मा प्रकाशित

झापा । २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ ।

कनकाई नगरपालिका–३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका–५ घर भएका २३ वर्षीय उज्वल राईलाई प्रहरीले पक्राउ गरेको हो । 

घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।