काठमाडौं । मंगलबार(आज) सुनको भाउ बढेको छ । छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ३ सयले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमै कारोबार भईरहेको छ ।