इटहरी । प्रदेश १ मा आज २९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७, सुनसरीमा ५, झापामा २, धनकुटा, तेहृथुम र प्रदेश १ बाहिरका १(१ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज २४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा महिला १२ र पुरुष १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।