सन्चारकर्मी रिता कट्टेल उद्यमशिलतामा अघि बढ्दै

न्युजलय १० असोज २०७९, सोमबार ०६:३१ मा प्रकाशित

इटहरी । सन्चारकर्मी रिता कट्टेल सन्चार कर्मसँगै उद्यमशिलताको बाटोमा अगाडि बढेकी छिन् । काठमाडौंको बानेश्वरमा रहेको आइप्लेक्स मलको दोस्रो तलामा रिट स्किन बुटिक प्रालि सन्चालन गर्दै उनले व्यवसाय तर्फ आफुलाई अगाडि बढाएकी हुन् । 


उनको आधिकारिक स्टोरको नेपाली चलचित्र क्षेत्रका कलाकार एवम् निर्देशक दिपा श्री निरौलाले केही दिन अघि मात्रै उद्घाटन गरेकी हुन् । नेपालमा अन्तर्राष्ट्रियस्तरको कस्मेटिक आउटलेट, उत्कृष्ट ब्राण्डीङसहित संचालनमा आएको हो । आउटलेटमा अन्तर्राष्ट्रियस्तरका प्रख्यात स्किन केयरका ब्राण्ड सेटाफिल, मेडिक्स, द अडिनरी , सेराभी, क्लिनिक, तथा मेकअप ब्राण्डमा मिलानी, मेविलिन, मिसटिन, एल ए गर्ल, लोरीयल, लगायत चर्चित कस्मेटिक ब्राण्डहरु उपलब्ध रहेको छ । 


सुनसरीको इटहरी घर भएकी कट्टेलले हिमालय टेलिभिजन हुँदै विभिन्न ब्राण्ड सँग जोडिएर काम गरिसकेकी छिन् ।