आज ८ साउन २०८२ बिहिवारको राशिफल

न्युजलय ९ साउन २०८२, बिहिबार ११:४९ मा प्रकाशित

मेष । धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। मित्रहरूको सहयोगले महत्वकांक्षी कार्यहरू अगाडि बढ्नेछन्। कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष । बोलिको प्रभावले कार्य बनाउन सक्नुहुनेछ। अबसरवादीहरूले झुक्याउन सक्लान सावधान रहनुहोस्। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन । मान सम्मानमा वृद्धि हुनेछ। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। नयाँ कार्यको थालनीको लागि उपयुक्त समय रहेको छ। आलस्य गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट । नोकरी वा पेशामा प्रभाव पढ्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आध्यात्मिक क्षेत्रमा आफ्नो पक्षलाई मजबुतीको साथ राख्न सक्नुहुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह । नयाँ नौकरी आदिमा प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ र सहयोग दिनेछन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।


कन्या । विवादास्पद समस्या सुल्झाउनमा सफल भइनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। इच्छाशक्तिलाई सबल राख्नुहोस् सबै क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला । भाग्यको साथ मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। धर्मकर्ममा मन जानेछ। युवाहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक । रचनात्मक कार्यमा मन लाग्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। धार्मिक संघसंस्थामा आबद्ध भएर कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

धनु । साझेदारी व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ। कार्यक्षेत्रमा सोचे अनुरुप सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मकर । दायित्व निर्वाहमा विरोधीहरूले बाधा पुर्‍याउनेछन्। व्यवसायमा थप लगानी लगाउनुपर्ला। कार्यक्षेत्रमा सफलता मिल्नेछ। अरुलाई उधारो दिनदेखि जोगिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ । रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। भविष्यको लागि योजना कोरिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन । नयाँ कार्यको थालनीमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

स्रोत हाम्रोपात्रो