देशभर आज थप ३४ जनामा कोरोना पुष्टि

न्युजलय १५ चैत २०७९, बुधबार ०६:३१ मा प्रकाशित

काठमाडौं । देशभर आज थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक हजार ३ सय ३० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण देखिएको हो । 

यसअघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।