काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलाको तीन लाख दुई हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।