काठमाडौं । भारतीय हास्य कलाकार भारती सिंह मा बनेकी छिन् ।
आइतबार उनले छोरा जन्माएकी हुन् । भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सोसल मिडिया पोस्ट सेयर गरेर प्रशंसकमाझ यो खबर सार्वजनिक गरे । हर्षले भारतीसँगको एउटा सुन्दर तस्बिर पोस्ट गर्दै लेखे, ‘इट्स अ बोय’ ।
भारतीले सन् २०१७ मा लेखक हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । उनी हर्षभन्दा ७ वर्ष जेठी छिन् । यी दुईले पाँच वर्षअघि विवाह गरेका थिए ।