महिला बचतले गरेको रक्तदानमा ६२ जनाले रगत दिए

न्युजलय २९ माघ २०८२, बुधबार ०१:१४ मा प्रकाशित

इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था इटहरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रगत दिएका छन् ।

संस्थाको वार्षिक कार्यक्रमअन्तरगत बुधबार इटहरी उपमहानगर अगाडि संचालित रक्तदानमा ब्लडबैक बिपि क्याम्प धरानले रगत संकलन गरेको संस्थाकी कोषाध्यक्ष पूनम थापा मगरले बताइन् ।

रक्तदान कार्यक्रममा रक्तदाताहरूलाई मायाको चिनोसहित प्रमाणपत्र बितरण गरिएको कार्यक्रम संयोजक कुसुममाया तामाङले बताइन् ।

हरेक बर्ष सो सस्थाले रक्तदान कार्यक्रम गर्दै आएको अध्यक्ष मुना तिम्सिनाले जानकारी दिइन् ।