शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक

न्युजलय २६ पुस २०७९, मङ्गलबार ०१:४२ मा प्रकाशित

काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा शाहरुख खानको फुल अन एक्शन अवतारलाई देख्न सकिन्छ ।

फ्यानहरू पठानको ट्रेलरको उत्सुकताका साथ पर्खिरहेका थिए र अब पर्खाइ सकिएको छ । पठान रिलिज हुनुभन्दा १५ दिनअघि शाहरुख र दीपिकाको बहुप्रतिक्षित फिल्मको ट्रेलर फ्यानसँग शेयर गरिएको छ । ट्रेलरमा शाहरुखको दमदार अवतार हेर्न लायक छ । 

शाहरुखलाई पावर प्याक्ड एक्शन मोडमा देखेर फ्यानहरूले किंग खानबाट आँखा हटाउन असमर्थ छन्।

शाहरुख खान पठानमा सैनिक बनेका छन् । उनले आतंकवादी समूहको आक्रमणबाट देशलाई बचाउनेछन्। जोन अब्राहमले भारतमा आक्रमण गर्ने योजना बनाएका छन् ।