काठमाडौं । आइतवार(आज) सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ । यो सँगै आज छापावालाको सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ र तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँले कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर एक हजार ४४० रुपैयाँमा कारोबार भैरहेको छ ।