काठमाडौं । मंगलवार सुनको मूल्य ३ हजार ८ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार २ लाख ४३ हजार ३ सयमा कारोवार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६५ रुपैयाँले घटेर ३ हजार ९० रुपैयाँमा कारोबार भएको छ ।