पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

न्युजलय १० बैशाख २०८०, आइतबार ११:२४ मा प्रकाशित

फिदिम । पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने अन्य पाँच जना घाइते भएका छन् । 

आइतबार(आज) बिहान ८ बजे फालेलुङ–८ लुवाफुबाट फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका फालेलुङ ८ का साजन केरुङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा चालक छवि अधिकारीसहित पाँच जना घाइते भएका छन् । पाँचथर प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते तीन जनालाई झापातर्फ रेफर गरिएको छ भने बाँकी दुई जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

चालक छवि अधिकारी फालेलुङ गाउँपालिकाका– ८का वडा सदस्य पनि हुन् । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।