झापा । ‘भिक्टोरिया क्रस’ विजेता दमक निवासी भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ ।
६ महिनादेखि बिरामी परेको भिसी क्याप्टेन लिम्बु पछिल्लो एक महिनामा देखी भने निकै बिरामी भएर उपचारको क्रममा थिए ।
मेडिसिटी अस्पतालमा उपचारको क्रममा भिसी क्याप्टेन लिम्बू मिर्गौला र मुटुसम्बन्धी रोगबाट पीडित थिए । लिम्बूको अन्त्येष्टि दमकमा गरिने परिवारजनले जनाएको छ ।