फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड मानिस प्रभावित

न्युजलय ३ पुस २०७८, शनिवार ०२:१२ मा प्रकाशित

काठमाण्डौ । फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएका छन् ।

आँधीको बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिसहरु विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

अहिलेसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले पर्यटकीय क्षेत्र सिरगाओ टापुमा तहसनहस बनाएको छ ।

सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् । बिजुलीका तार र खम्बाहरू ढलेका छन् । एक सय ९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित अस्ति बिहीवार ‘राई’ समुद्री आँधी आएको थियो ।