आज ३ फाल्गुण २०८१ शनिवारको राशिफल

न्युजलय ३ फाल्गुण २०८१, शनिवार ०६:४१ मा प्रकाशित

मेष । कार्यक्षेत्रमा अनुभवको लाभ मिल्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। निजी कार्यमा दौडधुप धेरै गर्नुपर्ला। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

वृष । कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। घरपरिवारमा रमाइलो र मंगल कार्यको योग छ। विद्यार्थीहरूको पढाइ लेखाइमा प्रगति हुनेछ। राजनीतिक कार्यमा सफल मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन । व्यापार व्यवसायमा मनपर्ने इष्टमित्रको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा बुद्धिको उपयोगले कार्य सम्पादन गर्न सकिएला। प्रेम सम्बन्ध कसिलो हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट । नयाँ नोकरी हात लाग्नमा सफलता पाइनेछ। धार्मिक कार्य सफल रहनेछन्। रोजगारको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। अड्केको धन प्राप्त हुने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह । सरकारी मामिलाहरू टाल्ने प्रयास नगर्नुहोस् विवाद हुन सक्ला। लामो समयदेखि रोकिएका कार्यहरू सम्पादन हुनेछन्। साझेदारी व्यापारमा राम्रो प्रतिफल प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ

कन्या । कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथ र सहयोग मिल्नेछ। अधिकार प्राप्तिको लागि संघर्ष अलि धेरै गर्नुपर्ला। प्रेम सम्बन्धमा अविश्वासको भावना निर्माण हुन सक्ला सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला । सामूहिक कार्यमा सबैको कुरा सुनेर निर्णय लिँदा राम्रो सफलता मिल्नेछ। यात्रा सचेत भएर गर्नुहोला। व्यापार व्यवसायमा श्रीवृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक । व्यापार व्यवसायमा अधुरा कार्य सम्पादन हुनेछन्। शुभचिन्तकहरूले पुरा साथ दिनेछन्। आँनलाइन धोखा मिल्न सक्ला सावधान रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

धनु । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइनेछ। आर्थिक पक्ष मजबुत रहनेछ साथै घरको साज सजावटमा धन खर्चका योग छन्। प्रतिस्पर्धामा लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मकर । कुनै अप्रिय समाचारले मन खिन्न रहन सक्छ। कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ। संवैधानिक पदको मर्यादालाई लिएर सावधान रहनुहोस्। स्वास्थ्यलई लिएर सचेत रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ । रोजगारको नयाँ अवसर प्राप्त हुनेछ। साझेदारी व्यापारमा नयाँ योजनाहरू प्रारम्भ हुनेछन्। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन। विद्यार्थीहरूलाई उच्च अध्ययनमा राम्रो सफलता मिल्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। राजनीतिक क्षेत्रमा सफल भइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ। 

ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

स्रोत हाम्रोपात्रो