झापा । १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ परेका छन् ।
बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बुलाई आइतबार राति प्रहरीले पकराउ गरेको हो ।
लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।