यू–१८ महिला साफ : आज भारतसँग खेल्दै नेपाल

न्युजलय ७ चैत २०७८, सोमबार ०२:१२ मा प्रकाशित

काठमाडौं । लगातार दुई खेलमा पराजित भएको नेपालले साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा आज भारतको सामना गर्दैछ । जमसेदपुरमा नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रता जितको खोजीमा हुनेछ । 

 

तर भारतविरुद्ध नेपाललाई जित निकाल्न त्यति सहज भने छैन । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । आज नेपाललाई उक्त नतिजा उल्टाउने मौका छ । यता पहिलो भेटमा नेपाललाई सहजै हराएको भारत आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ ।


उपाधि दाबेदार भारत तीन अंक बटुल्ने योजनामा छ । यता नेपालले भने कुनै अंक जोड्न सकेको छैन । नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो  । 


नेपाल, भारत र बंगलादेश सहभागि भएको च्याम्पियनसिपमा भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले नेपाललाई हराएर ३ अंक जोडि सकेको छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।