कोरोनाविरुद्धको खोप बेच्ने दुई स्वास्थ्यकर्मी पक्राउ

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ०८:५२ मा प्रकाशित

काठमाडौं । कोरोनाविरुद्धको खोप बेच्ने दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरस्थित बसपार्कबाट दुई जनालाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिकाको एक स्वास्थ्य चौकीमा कार्यरत पाँचौँ तहका स्वास्थ्य सहायक अजयकुमार साह र उनका सहयोगी कृष्णकुमार यादव रहेका छन्। उनीहरूबाट जोनसन एन्ड जोनसन कम्पनीका ३ डोज खोप र २० हजार रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।