उदयपुर । गत बुधबार उदयपुर र ओखलढुंगाको सिमामा रहेको सुनकोशी नदीमा हाम फालेका कटारी–३ च्याँगाका लुप्त बहादुर कार्की अझै फेला परेका छैनन् ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार शनिवार सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले सुनकोशी नदीमा खोज तलास गरेको तर फेला नपरेको बताए ।
सुनकोशीको पुलबाट हाम फालेका कार्कीलाई नदीको बहावले कता लग्यो तर स्थानीयले सोही दिनदेखि हाम फालेको ठाउँबाट नै खोजी गरिरहेको र वरपरका ठाउँहरुमा पनि डोरी लगाएर खोजी गरिरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिवार दिनभरी खोजी गरको भएपनि फेला नपरेको जानकारी दिंदै स्थानीय र प्रहरीको टोलीले अझै पनि खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।