२०७८ साल माघ ६ गते बिहिबार

जनता क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख श्रेष्ठ बने प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता

न्युजलय १३ मङ्सिर २०७८, सोमबार १०:१७ मा प्रकाशित

इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीका प्राध्यापक निवर्तमान क्याम्पस प्रमुख अधिवक्ता भोजराज श्रेष्ठ प्रदेश नं १ को मुख्य न्यायधिबक्तामा नियुक्त भएका छन् । 

उनको सोमबार(आज) शपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । विराटनगरको पुष्पलालचोक घर भएका श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) का बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष हुन् ।

एमालेका शेरधन राई नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले कार्तिक १७ गते राजीनामा दिएपछि मुख्यमन्त्री राजेन्द्र राईले श्रेष्ठलाई नियुक्त गरेको हो ।