सुनको भाउ घट्यो

न्युजलय २८ जेठ २०८२, मङ्गलबार ११:१८ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको भाउ तोलमा ६ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा रहेको सुन यस दिन १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने हालसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १६५ रुपैयाँ पुगेको छ ।