बढ्यो सुनको मूल्य

न्युजलय १५ कार्तिक २०८२, शुक्रबार ११:०२ मा प्रकाशित

काठमाडौँ । शुक्रबार सुनको मूल्य फेरि बढेको छ । 

बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७ सय रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। 

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।