भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

न्युजलय ५ असोज २०७९, बुधबार ११:४४ मा प्रकाशित

काठमाडौँ । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । 

हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’ मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए ।