फिल्म ‘नम्बरी सुन’को गीत सार्वजनिक

न्युजलय ३२ बैशाख २०८०, सोमबार ०२:४९ मा प्रकाशित

काठमाडौं । आगामी भदौ १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक भएको छ । भिडियोमा फिल्मका शीर्ष कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । 

सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध गीतमा राजेशपायल राई र शान्तिश्री परियारको स्वर समावेश छ । नारायण खातीले गीत लेखेका हुन् । 

फिल्ममा गौरव र नम्रतासहित सरोज खनाल, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली लगायतको अभिनय छ । ‘दुई नम्बरी’ र ‘हात्तीछाप’ फेम्ड निर्माण किरण नेपालीले यो फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेका छन् । 

सुवर्ण शिवांश फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् ।