युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा ‘छक्का पञ्जा ४’ को ट्रेलर

न्युजलय ७ फाल्गुण २०७९, आइतबार ११:४७ मा प्रकाशित

काठमाडौँं । फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युव टे«न्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । 

शुक्रबार साँझ सार्वजनिक ट्रेलरले १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । ट्रेलरले ४२ हजार बढी लाइक पनि पाएको छ ।

फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका एक युवकको खराब स्वभाव र शैली चित्रण गरिएको छ । 

हेमराज विसीले निर्देशन गरेको फिल्ममा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

फिल्मका कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।