सुनको मूल्य बढ्यो

न्युजलय १८ जेठ २०८१, शुक्रबार ११:४६ मा प्रकाशित

काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य शुक्रबार १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँ छ।