महिला साकोसद्वारा निः शुल्क आँखा शिविर संचालन

न्युजलय १४ पुस २०७८, बुधबार ०३:५६ मा प्रकाशित

इटहरी । महिला साकोसले निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ। 

पौष ८ गते बिहिबार इटहरी–१८ स्थित वडा कार्यालयको प्राङ्गणमा महिला साकोसको पकली सेवा केन्द्र ब्यवस्थापन उपसमिति संयोजक अम्बिका चौधरीको अध्यक्षता तथा वडाध्यक्ष रामकुमार चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो 

साकोसका कर्मचारी, प्राविधिक टोली तथा सहभागीहरु समेत गरी २४७ जनाको  उपस्थिति रहेको उक्त आँखा शिविर कार्यक्रममा उपस्थित अधिकांशले आँखा जाँच गराएका थिए । मोतिया बिन्दु देखिएका केही बिरामीहरुले निशुल्क शल्यक्रियाको सुबिधा समेत पाएका थिए ।  

महिला साकोसले आँखा जाँच गराएका बिरामीहरुका लागि आवश्चक चश्मा र औषधीको निशुल्क बितरणको प्रबन्ध मिलाएको थियो ।