आज १२ पौष २०८० बिहिवारको राशिफल

न्युजलय १२ पुस २०८०, बिहिबार १२:२० मा प्रकाशित

मेष । आज चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

वृष । आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मिथुन । आज धर्मकर्ममा रुचि बढ्ने र शुभ समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।

कर्कट । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

सिंह । लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्नेछ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कन्या । आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

तुला । , विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

वृश्चिक । आज रोकिएका कमहरूले चिन्ता बढाउनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित नहुनसक्छ । न्यायिक कार्य पनि कमजोर नै रहनेछ ।

धनु । आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लाभदायक भेटघाटलाई नकार्न सकिदैन । नोकरी गर्नेले मानसम्मान पनि पाउनेछन् ।

मकर । आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कुम्भ । आज शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मनमा शान्ति पनि छाउनेछ ।

मीन । आज सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला । खानपिनमा सावधानी अपनाउनु पर्नेछ ।