सुनको मूल्य बढ्यो

न्युजलय २९ असोज २०८२, बुधबार ११:२९ मा प्रकाशित

काठमाडौँ । आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन पनि रेकर्ड बनाएको सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । आज सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सनुको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।