बुधवार विवाह गर्दै विक्की र श्रद्धा

न्युजलय २६ बैशाख २०८०, मङ्गलबार ११:३८ मा प्रकाशित

काठमाडौँ । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चिनिएका विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईं बुधवार विवाह बन्धनमा बाँधिने भएका छन् । 

उनीहरूको विवाह समारोह त्रिभुवन आर्मी क्लबमा आयोजना गरिएको छ । विवाहमा परिवार, आफन्त र साथीभाइको उपस्थिति रहनेछ ।

विवाह अगाडि सोमबार उनीहरूको मेहन्दी समारोह आयोजना भएको थियो । जसमा सेलिब्रेटीको बाक्लो उपस्थिति थियो  

विक्की र श्रद्धाले गत मंसिरमा इन्गेजमेन्ट गरेका थिए । विक्की ‘कमेडी च्याम्पियन’का फष्ट रनर अप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् । अहिले विक्की ‘कमेडी वीथ च्याम्पियन’ को निर्देशन गर्छन् ।