इटहरी । दाहाल प्रतिष्ठान शाखा समिति इटहरीले शनिबार नयाँ वर्ष २०८० सालको आवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सँगै समितिले भित्तेपात्रो विमोचनसमेत गरेको छ ।
दाहाल प्रतिष्ठान केन्द्रीय कार्य समिति अध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय महासचिव सुर्यकुमार दाहाल र दाहाल प्रतिष्ठान पूर्व वरिष्ठ उपाध्यक्ष एवं शाखा समिति इटहरीका प्रमुख सल्लाहकार टीकाप्रसाद दाहाल, केन्द्रिय सदस्य गंगाप्रसाद दाहाल, बिन्दा दाहाल, बिन्दु दाहाल, हिरा दाहाल (हेमा), प्रदेश सदस्य रमेश दाहाललगायतको उपस्थिति रहेको थियो ।
प्रल्हाद दाहालको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुमन दाहालले सञ्चालन गरेका थिए भने उपाध्यक्ष सुरेश दाहालले स्वागत मन्तव्य राखेका थिए ।